शतप्रतिशत हकप्रद निष्काशनको तयारीमा रहेको छ्याङ्दी हाइड्रोपावरले हकप्रद सम्बन्धि विबरण पत्र तथा अन्य कागजात नेपाल धितोपत्र बोर्डमा दर्ता गरेको छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले सोमबार हकप्रद निष्काशनका लागि आवश्यक कागजात बोर्डमा दर्ता गरिएको जनाएको छ ।
कम्पनीले एक बराबर एक अनुपातमा हकप्रद निष्कासन गर्न अघिल्लो साता मात्र बिओके क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको थियो ।
गत बैशाख २८ मा सम्पन्न नवौं वार्षिक साधारण सभाबाट कम्पनीले शतप्रतिशत (१ः१ अनुपातमा) हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो । जसअनुसार कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरमा ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ बराबरको ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ ।
हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया