‘८% एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०७९’ को सूचीकरण खारेज भएको छ । एभरेष्ट बैंक लिमिटेडले २०८० जेठ १७ गते नेप्सेलाई पत्राचार गर्दै सूचीकरण खारेज गर्न आग्रह गरेको थियो ।
एभरेष्ट बैंकले दिएको निवेदन बमोजिम ४६ करोड ८८ लाख ४५ हजार रुपैयाँ बराबरको ४ लाख ६८ हजार ८४५ थान ‘८% प्रतिशत एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०७९’ को सुचीकरण खारेज गरेको हो ।
विसं २०८० जेठ २८ गतेपछि परिपक्क भएकोले एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०७९ को सूचीकरण जेठ २८ गते खारेज गरिएको नेप्सेले जनाएको छ ।












प्रतिक्रिया