सिंगटी हाईड्रोको हकप्रद सेयर कुमारी क्यापिटलले निष्काशन गर्ने


सिंगटी हाईड्रो इनर्जी लिमिटेडको हकप्रद सेयर कुमारी क्यापिटलले निष्काशन गर्ने भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गर्नका लागि कुमारी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

बिक्री प्रबन्धक नियुक्त गर्ने सम्झौता पत्रमा सिंगटी हाईड्रो इनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक सुदिप खड्का तथा कुमारी क्यापिटलका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

कम्पनीले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर १ बराबर १ को अनुपातमा निष्काशन गर्न लागेको हो । २ अर्ब ९० करोड रूपैयाँ अधिकृत पुँजी रहेको कम्पनीको जारी पुँजी २ अर्ब ९० करोड र चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ छ । हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी पनि २ अर्ब ९० करोड रूपैयाँ पुग्नेछ ।

२०६७ साल जेष्ठ ५ गते प्राइभेट कम्पनीको रुपमा दर्ता भई २०७५ साल असार ६ गते पब्लिक कम्पनीमा परिणत भएको सिंगटी हाइड्रो इनर्जी लिमिटेडले अन्य जलविद्युत कम्पनीहरुले प्रवद्र्धन गरेका जलविद्युत आयोजनामा लगानी गर्नेछ ।

२०७८ साउन १७ गते देखि सिंगटी खोलामा २५ मेगावाट विद्युतको व्यवसायिक उत्पादन सुरु गरेको कम्पनीले उक्त आयोजनाबाट अहिले ९७ प्रतिशत विद्युत उत्पादन गरिरहेको छ । उक्त विद्युत नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने सम्झौता २०७० कात्तिक २७ र २०७४ मंसिर २८ गते भईसकेको छ ।

हकप्रद शेयर जारी बाट प्राप्त रकम अर्बिर इनर्जी प्रा.ली. द्धारा प्रबर्धित सभा खोला “बी” २१.५ मेगावाट र सभा खोला “सि” ६.३ मेगावाटका आयोजनामा ५१ प्रतिशत र ह््याविट्याट पावर कम्पनी प्रा.ली द्धारा प्रर्बद्धित ७.५ मेगावाटको हेवा ए सान जलविद्युत आयोजना ५१ प्रतिशत लगानी गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार  १९ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।