कुखुराको दाना उत्पादक किसान दाना उद्योगको वार्षिक आम्दानी २ अर्ब बढी

0
Shares

कुखुराको दाना उत्पादन गर्दै आएको किसान दाना उद्योगले आर्थिक वर्ष २०७९/८० मा २ अर्ब २९ करोड २० लाख (अपरिष्कृत) सञ्चालन आम्दानी गरेको छ ।

अघिल्लो आवमा २ अर्ब ३८ करोड ४० लाख (परिष्कृत) आम्दानी गरेको कम्पनीको आम्दानीमा ३.८५ प्रतिशतको गिरावट आएको हो । कम्पनीको सञ्चालन आम्दानीमा झिनो गिरावट देखिएता पनि अन्य वित्तीय सूचकांकमा सुधार आएको छ ।

ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा अघिल्लो आवमा कुल सञ्चालन आम्दानीको ५.५ प्रतिशत थियो भने गत आवमा सो नाफा २ प्रतिशत विन्दुले बढेर ७.५ प्रतिशत पुगेको छ ।

सन् २०१२ मा स्थापना भएको उद्योगले कुखुराको दाना उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ। दाना उत्पादनका साथै कम्पनीले लेयर कुखुरा पालन र अन्डा बिक्री वितरण समेत गरिरहेको छ । कम्पनीमा दाउन्ने एग्रो फार्मको लगानी रहेको छ ।

संस्थापक सेयर होल्डर–दाउन्ने एग्रो फार्मले कम्पनीको २७ प्रतिशत सेयर हिस्सा ओगटेको छ ।कम्पनीका प्रबन्ध निर्देशक विनोद पोखरेल रहेका छन् । पल्ट्रि क्षेत्रमा दुई दशक भन्दा लामो समय बिताएका पोखरेलको नेतृत्वमा कम्पनी सञ्चालनमा रहेको छ ।

कम्पनीले १ अर्ब १ करोड बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले ७६ करोड बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी माइन्स र २५ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको २.१ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलबार  १३ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।