व्यापारिक घराना चौधरी ग्रुपको लगानी रहेको नर्भिक इन्टरनेशनल हस्पिटल एन्ड मेडिकल कलेजले सन् २०२२ मा १ अर्ब ८१ करोड ३० लाख सञ्चालन आम्दानी गरेको छ । सन् २०२१ मा १ अर्ब ३६ करोड सञ्चालन आम्दानी गरेको हस्पिटलको आम्दानी सन् २०२२ मा ३३.३० प्रतिशतले बढेको हो ।
कम्पनीको आम्दानीमा वृद्धि भएतापनि अन्य वित्तीय सूचांकमा कमी आएको छ । ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा सन् २०२१ मा कुल सञ्चालन आम्दानीको २१.२९ प्रतिशत थियो भने सन् २०२२ मा उक्त नाफा २.७३ प्रतिशत विन्दुले घटेर १८.५६ प्रतिशत पुगेको छ ।
काठमाडौँको थापाथलीमा अवस्थित नर्भिक अस्पतालले विगत ३० वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालले मुटुरोग, निसन्तान, प्रसूति तथा स्त्री रोगको निदानका लागि उत्कृष्ट सेवा सुविधा प्रदान गर्दै आएको छ ।
अस्पतालले अत्याधुनिक प्रविधि सहितको सेवा सुविधा प्रदान गर्दै आएको छ । अस्पतालले उच्च स्तरीय सेवा प्रदान गरेवापत लिने शुल्कका कारण हाल अस्पतालमा नेपालका उच्च वर्गाीय मानिसहरुले सेवा सुविधा लिइरहेका छन् ।
नेपाल सरकारले स्वास्थ्य सेवा पहुँच वृद्धि गर्नका लागि सरकारी अस्पतालको स्तरोन्नति प्रक्रिया अगााडि सारेको छ । यस्तै उपत्यका क्षेत्रमा अस्पतालहरुको सङ्ख्या बढ्दै गएको कारण स्वास्थ्य सेवा उपत्यकामा कन्सनट्रेट भएको छ । अस्पतालहरुको बढ्दो सङ्ख्याले प्रतिस्पर्धा बढाउनुका साथै आगामी समयमा अस्पतालको आम्दानी कस्तो हुन्छ भन्ने समेत निर्धारण गर्छ ।
तथापि अस्पतालमा चौधरी ग्रुपको लगानी रहेका कारण अस्पताललाई राम्रो वित्तीय सहयोग मिलेको छ । अस्पतालमा बीएलसी होल्डिङ्सको सेयरहिस्सा ५१ प्रतिशत, बसन्त कुमार चौधरीको सेयरहिस्सा ४२ प्रतिशत र बाँकी सेयर हिस्सा सर्वसाधारणको रहेको छ । बसन्त कुमार चौधरी बीएलसी होल्डिङ्सका अध्यक्ष हुन् ।
अस्पतालले २ अर्ब ९४ करोड ३७ लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । २ अर्ब ८३ करोड ७८ लाख ९० हजार बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ एजेन्सी केयर नेपालले ट्रिपल बी प्लस र १० करोड ५८ लाख २० हजार बराबरको अल्पकालीन कर्जाका लागि कम्पनीले ए३ प्लस रेटिङ गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया