कामना सेवा विकास बैंकले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । बैंक सञ्चालक समितिको बैठकले प्रभु क्यापिटल लिमिटेड कमलादीलाई सेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।
सञ्चालक समितीको निर्णय अनुसार बैंकको सम्पूर्ण धितोपत्र सम्बन्धी अभिलेखा राख्ने, शेयर अभौतिकीकरण गर्ने, नामसारी लगायतका कार्यहरु प्रभु क्यापिटल लिमिटेड कमलादी मार्फत हुनेछ ।
कामना सेवा विकास बैंक नेपाल राष्ट्रबाट इजाजतप्राप्त ख वर्गको वित्तीय संस्था हो । बैंकले हाल देशभर विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ एटीएम बुथ तथा अन्य शाखारहित बैंकिङ सञ्जाल मार्फत आफ्नो अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
तीन अर्ब २८ करोड ११ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४३ करोड११लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया