अन्तर्राष्ट्रिय व्यापारका लागि चिनियाँ युआनको प्रयोग गर्दै रुस, डि-डलराइजेसनतर्फ अघि बढ्दै

0
Shares

युक्रेनमा आक्रमण गरेका कारण पश्चिमा मुलुकहरुको कडा प्रतिबन्ध पालना गर्दै आएको चीनले चिनियाँ युआनमा अन्तर्राष्ट्रिय कारोबार गर्दै आएको खुलासा भएको छ ।

सन् २०२२ को फेब्रुअरी महीनामा रुसले चीनमा विशेष सैनिक अप्रेशन सञ्चालन गरेपछि अमेरिका, बेलायत लगायतका अमेरिकाका एलायन्स राष्ट्रहरुले रुसमा डलरको कारोबार प्रतिबन्ध लगाएका छन् । जसकारण रुसले ती राष्ट्रहरुलाई रुसी मुद्रा रुबलमै कारोबार गर्न चेतावनी दिएको थियो । रुसले मित्रवत राष्ट्रहरुसँग चिनियाँ युआन मा र मैत्रीपूर्ण सम्बन्ध नभएका राष्ट्रहरुमा रुसी रुबलमै कारोबार गरिरहेको छ ।

युद्धअघि रुसले कुल निर्यातको ८७ प्रतिशत र आयातको ६७ प्रतिशत हिस्सा कारोबार डलरमै गर्दै आएको थियो । तर रुसले युक्रेनमा आक्रमण गरेपछि कुल निर्यातको २८ प्रतिशत र कुल आयातको ३१ प्रतिशत डलरमा कारोबार हुने गरेको छ । युद्धअघि रुसले कुल निर्यातको ४ प्रतिशत मात्रै चिनियाँ युआन मा कारोबार गर्दै आएको थियो । तथापी युद्धपछि रुसले अन्तर्राष्ट्रिय व्यापारमा युआनको प्रयोग बढाएर २३ प्रतिशत पुर्‍याएको छ । यससँगै रुसले डि–डलराइजेसनको अवधारणा अघि सारेको छ ।

दक्षिण अफ्रिकाको जुहान्सबर्गमा सम्पन्न ब्रिक्स राष्ट्रहरुको बैठकमा पनि ब्राजिल, चीन, भारत, दक्षिण अफ्रिका र रुसले डि–डलराइजनेसनको अवधारणा अघि सारेका थिए । ब्रिक्स राष्ट्रहरुले अन्तर्राष्ट्रिय व्यापारमा डलरको वर्चस्व हटाउन आर–५ नामक नयाँ मुद्रा विकास गर्ने विषय उठाएका थिए । हाल चीन, दक्षिण अफ्रिका, ब्राजिल र रुसले डलरको एकाधिकार तोड्न केन्द्रीय बैंकद्धारा निर्मित डिजिटल करेन्सीको विकास गरेका छन् ।

चीनले सन् २०२२ देखि नै डलरको प्रयोग घटाउन मध्यपूर्वी देशहरुलाई पेट्रोलियम पदार्थको कारोबार युआन मै गर्न आग्रह गरेको छ । मार्च २०२२ देखि रुसले समेत पेट्रोलियम पदार्थको कारोबार रुसी रुबलमै कारोबार गर्न आग्रह गरेको छ । युआन र रुबलको प्रयोग बढाउँदै गएता पनि विश्वव्यापी रुपमा विदेशी विनिमयमा डलरको हिस्सा ५९ प्रतिशत र युआन को हिस्सा २.६ प्रतिशत रहेको अन्तर्राष्ट्रिय मुद्रा आयोगले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १४ आश्विन २०८०, आइतबार  ०९ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।