
काठमाडौँको बालुवाटार क्षेत्रमा एक अर्ब बढी लागतमा चार तारे होटल–’बर्णवस म्युजियम होटल’ निर्माण हुने भएको छ ।
पर्यटन क्षेत्रमा विगत २० वर्षदेखि काम गर्दै आएका उद्यमी–राजेन्द्र बजगाईंले नेपाली भेषभूषा, कला, संस्कृति झल्काउने गरी बर्णवस म्युजियम होटलको निर्माण गर्न लागेका हुन् ।
सन् २०२२ को नोभेम्बर महिनासम्ममा होटलको ६२ प्रतिशत निर्माण कार्य सम्पन्न भएको थियो । सन् २०१८ देखि निर्माण कार्यको सुरुवात भएको होटल सन् २०२१ मा सञ्चालनमा ल्याउने लक्ष्य कम्पनीले राखेको थियो । तथापि कोभिड–१९ का कारण होटल निर्माणमा ढिलाई हुँदा तोकिएको समयमा होटल सञ्चालनमा आउन सकेको छैन ।
होटल निर्माणका लागि आवश्यक पर्ने कुल लागत ६९ प्रतिशत कर्जामा र ३१ प्रतिशत सेयरधनीहरुको सेयरमा आधारित रहेको छ । कुल ४८ कोठा भएको होटलमा एक कोठाको निर्माणका लागि २ करोड ३० लाख खर्च हुने निर्माण कम्पनीले जनाएको छ ।
कम्पनीले होटल निर्माणका लागि कुल ५४ करोड ६७ लाख बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले ५३ करोड ६७ लाख बराबरको दीर्घकालीन कर्जाका लागि बी रेटिङ गर्दै वाच वीथ नेगेटिभ इम्प्लीकेशनको सूचीमा राखेको छ । यस्तै १ करोड बराबरको अल्पकालीन कर्जाका लागि कम्पनीले ए–४ रेटिङ गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया