हाथवे इन्भेष्टमेन्ट र माण्डु हाइड्रोपावरको सेयर सूचीकृत, ओपनिङ रेञ्ज कति ?

0
Shares

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड र माण्डु हाइड्रोपावरको सेयर असोज २३ गते मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

नेप्सेको असोज १८ गतेको निर्णय अनुसार धितोपत्र सूचीकरण निनियमावली २०७४ बमोजिम मंगलबार दुबै कम्पनीको सेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार हाथवे इन्भेष्टमेन्ट नेपालको संस्थापक र साधारण गरी २ करोड ३४ लाख कित्ता तथा माण्डु हाइड्रोपावरको १ करोड ३६ लाख ३६ हजार ३७० कित्ता सेयर सूचीकृत भएको हो ।  हाथवे इन्भेष्टमेन्ट नेपालको दोस्रो बजारमा कारोबारका लागि नेप्सेले स्टक सिम्बोल ‘एचएटिएचवाई’ HATHY र माण्डू हाइड्रोपावरलाई स्टक सिम्बोल ‘एमएएनडियु’ MANDU दिएको छ ।

हाथवेको पहिलो कारोबारका लागि ९५ रुपैयाँ ९ पैसादेखि अधिकतम २८५ रुपैयाँ २७ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । यस्तै माण्डूको पहिलो कारोबारका लागि १२४ रुपैयाँ ४२ पैसादेखि अधिकतम ३७३ रुपैयाँ २६ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । नेप्सेले दुबै कम्पनीको पछिल्लो आर्थिक वर्षको वास्तविक प्रतिसेयर नेटवर्थका आधारमा उक्त ओपनिङ्ग रेञ्ज प्रदान गरेको हो । आवको लेखापीक्षण भएको प्रतिवेदन अनुसार हाथवेको प्रतिसेयर नेटवर्थ रुपैयाँ पैसा तथा माण्डूको रुपैयाँ पैसा रहेको छ ।

मंगलबार सूचीकृत भएका दुबै कम्पनीको धितोपत्र बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछन् । बुधबार स्पेशल प्रि–ओपनिङ्ग सेसनमा कारोबार भएमा ११ जेदेखि नियमित सत्रमा दुबै कम्पनीको सेयर कारोबारमा आउनेछन् ।

हाथवे इन्भेष्टमेन्ट कम्पनीले सर्वसाधारणमा चुक्ता पुँजकिो १२.५० प्रतिशत बराबरको (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष, र कर्मचारी समेत) कुल २९ लाख २५ हजार कित्ता (१४ करोड ६२ लाख ५० हजार रुपैयाँ) आईपीओ जारी गरेको थियो । यस्तै कम्पनीमा संस्थापकहरूले २ करोड ४ लाख ७५ हजार कित्ता (१ अर्ब २ करोड ३७ लाख ५० हजार रुपैयाँ) लगानी गरेको छन् ।

हाथवे इन्भेष्टमेण्टले प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले भदौ २१ गते बिहीबारदेखि भदौ २५ गते सोमबारसम्म आवेदन खुलागरी असोज २ गते मंगलबार बाँडफाँड भएको थियो । कम्पनीको सेयर १ लाख २१ हजार ३८७ जनाले २४ लाख २७ हजार ७५० कित्ता आइपीओ पाएका थिए । तीमध्ये भाग्यशाली १० जनाले थप १्१ कित्ताका गरी कुल २१ कित्ताका सेयर प्राप्त गरेका थिए भने १ लाख २१ हजार ३७७ जनालाई गोलाप्रथाबाट २० कित्ताका दरले २४ लाख २७ हजार ५४० कित्ता सेयर बाँडफाँड गरिएको थियो । १० जनालाइ २१ कित्ताका दरले २१० कित्ता सेयर बाँडफाँड गरिएको थियो । यस्तै कम्पनीले कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको लागि निष्कासन गरेको आईपीओमा २० कित्तादेखि एक लाख कित्तासम्म आवेदन दिने २७ हजार २३१ जना आवेदकमध्ये १४ हजार ६२५ जनालाई गोलाप्रथा मार्फत २० किताका दरले बाँडफाँड गरिएको छ ।

काठमाडौं लैनचौरमा प्रधान कार्यालय रहेको हाथवे इन्भेष्टमेन्टको सूचीकरण पश्चात् दिनुपर्ने आरटिएस सेवा ग्लोबल आइएमई क्यापिटल लिमिटेड नक्साल, काठमाडौंबाट हुने छ ।

यसैगरी मंगलबार नै नेप्सेमा माण्डु हाइड्रोपावरको १ करोड ३६ लाख ३६ हजार ३७० कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणको लागि (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष, स्थानिय बासिन्दाहरु र कर्मचारी समेत) कुल १६ लाख ३६ हजार ३७० कित्ता र संस्थापकहरूले लगानी गरेको १ करोड २० लाख कित्ता गरी कुल १ करोड ३६ लाख ३६ हजार ३७० कित्ता सेयर मंगलबार सूचीकृत गराएको हो ।

माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गतेदेखि भदौ १३ गतेसम्म सर्वसाधारणका लागि अंकित दरमा १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँ अंकित दरमा १२ लाख ५ हजार ३२० कित्ता सेयर बिक्रीमा ल्याएको थियो । भदौ २४ गते बाँडफाँड भएको कम्पनीको आइपीओ गोलाप्रथा मार्फत १ लाख २० हजार ५३२ जना सर्वसाधारणले १० कित्ताका दरले सेयर पाएका थिए । यस्तै कम्पनीले आयोजना प्रभावित बासिन्दाका लागि २ लाख ७२ हजार ७३० कित्ता सेयर र वैदेशिक रोजगारीमा रहेकालाई १ लाख ३६ हजार ३६४ निष्काशन गरी बाँडफाँड गरेको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि जारी भई अवितरित रहेको ७९ हजार ३० कित्ता सहित सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो । यस्तै ७२ हजार १३३ कित्ता सामूहिक लगानी कोष र २८ हजार ८५३ कित्ता कर्मचारीलाई छुट्याइएको थियो । माण्डु हाइड्रोपावरले जारी पूँजीको १२ प्रतिशतले हुन आउने १६ लाख ३६ हजार ३७० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको थियो ।

काठमाडौं कमलादीमा प्रधान कार्यालय रहेको माण्डू हाइड्रोपावरको सूचीकरण पश्चात् दिनुपर्ने आरटिएस सेवा एनआईएमबि एस क्यापिटल, लाजिम्पाट काठमाडौंबाट हुने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलबार  १५ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।