
व्यापारिक घराना विशाल ग्रुपको लगानी रहेको युनाइटेड डिष्टिब्यूटर्स नेपालले आर्थिक वर्ष २०७९/८० मा १३ अर्ब ७७ करोड ३० लाख सञ्चालन आम्दानी गरेको छ ।
अघिल्लो आव २०७८/७९ मा कम्पनीले १३ अर्ब ८१ करोड सञ्चालन आम्दानी गरेको थियो । जसको तुलनामा आव २०७९/८० मा सञ्चालन आम्दानी ३ करोड ७० लाख रुपैयाँले घटेको हो ।
कम्पनीको आम्दानीमा आएको गिरावटसँगै कम्पनीका अन्य वित्तीय सूचांकहरुमा समेत गिरावट आएको छ । ह्रासकट्टी, परिशोधन, ब्याज, कर र भाडा सहितको नाफा अघिल्लो आव (२०७८/७९) मा १०.५० प्रतिशत थियो जुन गत आव २०७९/८० आइपुग्दा घटेर १०.१० प्रतिशत पुगेको छ ।
सन् २००३ मा स्थापना भएको कम्पनीले विभिन्न फास्ट मूभिङ कन्जूमर गुड्स (एफएमसीजी) सामाग्रीहरुको बिक्री वितरण गर्दै आएको छ ।
कम्पनी पी एन्ड जी, ब्रिटानीया, अमुल, एससी जोनसन लगायतका प्रख्यात कम्पनीहरुको आधिकारिक बिक्रेता रहेको छ । कम्पनीका देशभर ३५ हजार वटा आउटलेट रहेका छन् ।
कम्पनीमा विशाल ग्रुपका अनुज विवेक अग्रवाल, विवेक अग्रवाल, निकुन्ज अग्रवालको लगानी ५० प्रतिशत रहेको छ भने बाँकी ५० प्रतिशत सेयर १० जनाको रहेको छ ।
कम्पनीले ६ अर्ब बराबरको अल्पकालीन कर्जाका लागि रेटिङ गराएका छ । रेटिङ एजेन्सी इक्रा नेपालले ६ अर्ब बराबरको अल्पकालीन कर्जाका लागि ए–२ प्लस रेटिङ गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्नसक्ने क्षमता कुल कर्जाको ४.१० गुणा रहेको छ । अघिल्लो आवमा सो क्षमता ६ प्रतिशत थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया