वाणिज्य विभागद्वारा बुधबार ४० फर्ममाथि अनुसन्धान, पौने पाँच लाख जरिवाना

0
Shares

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार ४० फर्महरुमाथि अनुसन्धान गरेको छ । चाडपर्व नजिकिएसँगै विभागले विभिन्न व्यवसायी, फर्म, संस्था, कम्पनी, कारोबारस्थल, उत्पादनस्थल तथा गोदमस्थलको निगरानी तथा अनुगमन गरिरहेको छ ।

बुधबार गरिएको अनुसन्धान मार्फत विभागले ४ लाख ८७ हजार ५०० जरिवाना गरेको छ । कुल ४० फर्महरुमध्ये विभागले २० फर्महरुलाई सामान्य निर्देशन दिएको छ । यस्तै १५ फर्महरुलाई न्युनतम १० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना तोकेको छ । यसबाहेक ५ कम्पनीहरुलाई कागजातको माग गरी नमुना संकलन गर्ने कार्य विभागले गरेको छ ।

विभागले गुणस्तर, परिमाण, मूल्य, नापतौलमा हेरफेर गरेको, खरिद बिल बिजक नराखेको, दर्ता प्रमाणपत्र नराखेको, मूल्यसुची तथा दर्ता प्रमाण–पत्र नराखेका फर्महरुलाई जरिवाना गरेको हो ।

विभागले होटल तथा रेष्टुरेन्ट, रेडिमेड तथा थान कपडा पसल, तरकारी तथा खाद्य वस्तु फर्म, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स पसल, किराना पसल, डेरी फार्म लगायतका विविध फर्महरु माथि अनुसन्धान गरेको हो । दशैं नजिकिएसँगै सामाग्रीको गुणस्तर तथा भइरहेका ठगीबाट ग्राहकहरुलाई सचेत गर्नका लागि विभागले समयसमयमा बजार नियमन तथा अनुसन्धान गर्दै आएको छ ।

चाडपर्वको समयमा ठग्ने तथा सामाग्री लुकाई कृतिम रुपमा अभाव देखाई मूल्य बढाउने लगायतका कामहरु किराना पसल, होलसेल पसलहरुले गर्दै आएका छन् । यस्तै समस्या निराकरणका लागि विभागले नियमित रुपमा देशभर बजार अनुसन्धान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २ कार्तिक २०८०, बिहिबार  १२ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।