चीनका ठूला एयरलाइन्स कम्पनीहरुले ३ वर्षमा पहिलो पटक नाफा गर्न सफल भएको जानकारी दिएका छन् । आन्तरिक उडानमा भएको वृद्धिका कारण एयरलाइन्स कम्पनीहरुले नाफा गर्न सफल भएका छन् ।
चिनियाँ उड्ययन नियामकले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल चीनको आन्तरिक उडान सङ्ख्या ३४ प्रतिशतले बढेको हो । यससँगै चिनियाँ एयरलाइन्स कम्पनीहरुको नाफा बढेको हो ।
हाल चीनमा एक सातामा ९६ हजार ६ सय ५१ फ्लाइटहरु हुने गरेका छन् । जुन विगत चार वर्षको तुलनामा ३४ प्रतिशतले धेरै हो । चीनले आन्तरिक रुपमा ५२१६ नयाँ गन्तव्यस्थलको विस्तार गरेसँगै ७ हजार २०२ नयाँ उडानहरु बढेका छन् । विशेषतः चीनको साङ्घाई, बेइजीङ र ग्वाङज्वाओ विमानस्थलबाट फ्लाइटको सङ्ख्या वृद्धि भएको हो ।
आन्तरिक उडानले तीव्र गति लिएता पनि चीनबाट हुने अन्तराष्ट्रिय उडानमा भने आन्तरिक उडानमा जस्तो रौनक देखिएको छैन । हाल चीनले २२ देशहरुमा उडान भर्दै आएको छ । हाल चीनबाट १६ हजार ६८० अन्तराष्ट्रिय फ्लाइटहरु सञ्चालनमा रहेका छन् ।
कोभिड–१९ का कारण चीनको उडान क्षेत्रमा धरासायी अवस्थाबाट गुज्रिएको थियो । चीनले अपनाएको शून्य कोभिड नीतिका कारण यातायातमा प्रतिबन्ध लगाउँदा आन्तरिक उडान प्रभावित बनेको थियो । तथापि सन् २०२३ मा चीनले शून्य कोभिड नीति हटाएपछि यातायात तथा आवागमन सङ्ख्या बढेको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया