हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्मेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले ७ अर्ब ५७ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । कम्पनीले निर्माणाधीन तथा निर्माणमा जाने चरणमा रहेका जलविद्युत परियोजनामा उक्त ऋण प्रवाह गरेको हो ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँगको सहकार्यमा निजी क्षेत्रले अघि असोजसम्मको अवधिमा विभिन्न जलविद्युत आयोजनामा ७ अर्ब ५७ करोड ६८ लाख २ हजार रुपैयाँ ऋण प्रवाह गरेको कम्पनीले सार्वजनिक गरेको छ ।
पहिलो त्रैमासिक अवधिमा मात्रै २४ करोड रुपैयाँ थप ऋण प्रवाह भएको छ । यो अवधिमा कम्पनीले १ करोड ८६ लाख रुपैयाँ ऋण असुली गरेको कम्पनीले जनाएको छ । २०८० असारसम्म निर्माणाधीन तथा निर्माणमा जाने चरणमा रहेका जलविद्युत परियोजनामा कुल ९ अर्ब १८ करोड ६ लाख ६५ हजार लगानी रहेको थियो । सोपछि कम्पनीले १ अर्ब ८६ करोड असुली गरी २४ करोड लगानी थपेको हो ।
यस्तै, आव २०८०–८१ को असोज मसान्तसम्ममा स्वँपूजी लगानी अन्तर्गत सहायक कम्पनी तथा सार्वजनिक एवम् निजी प्रवद्धित जलविद्युत आयोजना वा कम्पनीमा ३ अर्ब २३ करोड २८ लाख १३ हजार रुपैयाँ स्वःपुँजी लगानी भएको जनाएको छ ।
सहायक कम्पनी रेमिट हाइड्रो लिमिटेडबाट निर्माण गरिने ७७.५ मेगावटको घुन्सा खोलामा र सिम्बुवा रेमिट हाइड्रो लिमिटेडबाट निर्माण गरिने ७०.३ मेगावटको सिम्बुवा खोलाको सेयर संरचनामा नेपाल विद्युत प्राधिकरण र विद्युत उत्पादन कम्पनी लिमिटेडलाई सहभागि गराइ सेयर संरचना परिवर्तन गरिएको छ ।
समीक्षा अवधिमा कम्पनीले १३४८ मेगावाट क्षमताका दुईवटा जलविद्युत परियोजनामा १५ अर्ब ३४ करोड रुपैयाँ कर्जा स्वीकृत गरेको छ । यसका अतिरिक्त कम्पनीमा रणनीतिक साझेदारी, सरकारी क्षेत्र तथा निजी क्षेत्रबाट अगाडि बढाइएका अध्ययन तथा निर्माणको विभिन्न चरणमा रहेका जलविद्युत आयोजनाहरूमा ऋण तथा सेयर लगानीका लागि प्रस्तावहरू प्राप्त भई अध्ययन तथा मूल्याकंन भइरहेको पनि कम्पनीले जनाएको छ ।
कम्पनीले चालु आवको पहिलो त्रैमासिक अवधिमा कर अघिको मुनाफामा १६.६६३४ प्रतिशतले वृद्धि भई ५४ करोड १४ लाख आर्जन गरेको छ । अघिल्लो आवको पहिलो त्रैमासमा कम्पनीले कर अघिको मुनाफामा ४६ करोड ४० लाख ७७ हजार थियो । असोजसम्म कम्पनीको करपछिको खुद मुनाफा १६.६६३४ प्रतिशतले वृद्धि भई ३७ करोड ८९ लाख ८६ हजार रुपैयाँ कायम भएको छ । समीक्षा अवधिको अन्त्यसम्ममा गत वर्षको सोहि अवधिको तुलनामा वित्तीय आय ८.१३ प्रतिशतले वृद्धि भई ५५ करोड १४ लाख पुगेको छ । कर्मचारी र सञ्चालन खर्च घटेपछि कम्पनीको मुनाफामा आकर्षक वृद्धि भएको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया