सामुदायिक लघुवित्तले लाभांश नदिने

0
Shares

सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९–८० बाट कुनैपनि लाभांश वितरण नगर्ने भएको छ ।

लघुवित्त कम्पनी सञ्चालक समितिको मङ्सिर २५ गते सोमबार बेलुका ५ बजे बसेको २३१ औं सञ्चालक समितिको बैठकले आगामी वार्षिक साधारण सभाबाट नगद लाभांश तथा बोनस सेयर वितरण गरिने कुनै प्रस्ताव नगर्ने निर्णय गरेको हो । 

कम्पनी सचिव शंकरमान गुरुङका अनुसार बैठकबाट आर्थिक वर्ष २०७९–८० को वित्तीय विवरण वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिमको अनुसूची र कर्जा नोक्सानी विवरण स्वीकृत भएको छ । यस्तै बैठकले उक्त वित्तीय विवरण वार्षिक साधारण सभामा पेश गर्ने प्रयोजनार्थ प्रकाशित गर्न नेपाल राष्ट्र बैंक, लघुवित्त सुपरीवेक्षण विभागमा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको छ ।

लघुवित्तले अघिल्लो आर्थिक वर्ष २०७८–७९ बाट भने चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ सहित ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । अघिल्लो वर्ष कम्पनीले ३२ प्रतिशत बोनस सहित ३३.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलबार  ११ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।