एमएडब्लु इन्टरप्राइजेजले सञ्चालन गरिरहेको एमएडब्लु इन्भेष्टमेन्ट प्रालिले आर्थिक वर्ष २०२३ मा ४३ करोड ९० लाख सञ्चालन आम्दानी गरेको छ । गत आवमा ३८ करोड ७० लाख रुपैयाँ आर्जन गरेको कम्पनीको आम्दानी आव २०२३ मा १३.४३ प्रतिशतले बढेको हो ।
कम्पनीको आम्दानीमा भएको वृद्धिसँगै नेटवर्थ समेत बढेको छ । आव २०२२ मा कम्पनीको नेटवर्थ ४९ करोड ४० लाख बराबरको थियो भने आव २०२३ मा नेटवर्थ बढेर ५० करोड पुगेको छ । तथापि कम्पनीले व्यवस्थापन गरेको सम्पत्तिको आकार भने घटेको छ । आव २०२२ मा २ अर्ब ७२ करोड ९० लाख रुपैयाँ बराबरको सम्पत्ति व्यवस्थापन गरेको कम्पनीले आव २०२३ मा २ अर्ब ५६ करोड ९० लाख रुपैयाँ बराबरको सम्पत्ति व्यवस्थापन गरेको छ ।
सन् २०११ मा स्थापना भएको संस्थाले निर्माण उपकरण, प्यासेन्जर भेइकल, दुई पाङ्ग्रे सवारी साधनहरुको खरिदका लागि फाइनान्सीङ गर्ने गरेको छ । विशेषतः कम्पनीले एमएडब्लु इन्टरप्राइजकै भगिनी संस्थाहरुका लागि फाइनान्सीङ गरिरहेको छ ।
कम्पनीमा एमएडब्लु इन्टरप्राइजेजको ४० प्रतिशत सेयर स्वामित्व रहेको छ भने त्यसकै भगिनी संस्था– एमएडब्लु अर्थमूब्र्सको ३० प्रतिशत, विष्णु कुमार अग्रवालको २९.५ प्रतिशत र प्रानानाथ भट्टराईको ०.५ प्रतिशत सेयर रहेको छ । विष्णु कुमार अग्रवालको नेतृत्वमा कम्पनी सञ्चालनमा आइरहेको छ ।
कम्पनीले २ अर्ब ७९ करोड बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले २ अर्ब ७२ करोड बराबरको कर्जाका लागि कम्पनीलाई डबल बी प्लस र ७ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए४ प्लस रेटिङ पुनपुष्टि गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया