नेपाल दूरसञ्चार प्राधिकरणले ३ कम्पनीको इन्टरनेट सेवा अनुमतिपत्र खारेज गरेको छ । प्राधिकरणले युनाइटेड टेलिकम, म्याक्स नेट सोलुसन प्रालि र चितवन नेटवर्क प्रालिको इमेलसहितको इन्टरनेट सेवा अनुमति खारेज गरेको हो ।
तोकिएको समयावधिभित्र नवीकरणबापतको दस्तुर दाखिला गरी नवीकरणका लागि निवेदन पेस नगरेकाले अनुतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम कम्पनीहरुको अनुमतिपत्र स्वतः खारेज भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले कम्पनीहरुलाई नियमानुसार तिर्नुपर्ने दस्तुर रकम तथा विवरणहरु ३० दिनभित्र बुझाउन पनि निर्देशन दिएको छ । ३० दिनभित्र प्राधिकरणको कार्यालयमा सम्पर्क नराखे प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने प्राधिकरणले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया