रेमिट्यान्स र विद्युतीय कारोबार गराउने ८ विभिन्न संस्थालाई राष्ट्र बैंकको सम्मान


नेपाल राष्ट्र बैंकले वार्षिकोत्सको अवसरमा विभिन्न विधामा उत्कृष्ट मानिएको ८ सेवाप्रदायक संस्थाहरुलाई सम्मान गरेको छ ।

केन्द्रिय बैंकले ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ३ वटा वाणिज्य बैंक र ३ वटा रेमिट कम्पनीलाई सम्मान गरेको हो । साथै केन्द्रिय बैंकले डिजिटल कारोबार प्रवद्र्धनमा योगदान पुर्याएको भन्दै २ वटा विद्युतीय भुक्तानी सेवा प्रदायकलाई पनि सम्मान गरेको छ ।

रेमिट्यान्स भित्र्याउने बैंकहरुमा कुल रेमिट्यान्स आप्रवाह (बैंकहरुको) को १९.१ प्रतिशत हिस्सा रहेको नेपाल एसबिआई बैंक, २०.६ प्रतिशत हिस्सा रहेको हिमालयन बैंक र २१.१ प्रतिशत हिस्सा रहेको ग्लोबल आईएमई बैंकलाई सम्मान गरेको हो ।

बैंक तथा वित्तीय संस्था बाहेकका रेमिट्यान्स कम्पनीहरुमा कुल रेमिट्यान्स आप्रवाह (रेमिट कम्पनीहरुको) को १२.१ प्रतिशत रेमिट्यान्स भित्र्याएको इसेवा मनी ट्रान्सफर, १४.९ प्रतिशत हिस्सा रहेको सिटि एक्सप्रेस र २७.५ प्रतिशत हिस्सा रहेको आईएमई मनी ट्रान्सफरलाई पनि राष्ट्र बैंकले सम्मान गरेको छ ।

त्यसैगरी नेपालमा विद्युतीय भुक्तानीको प्रवद्र्धनमा टेवा पुर्याएको भन्दै २ वटा विद्युतीय भुक्तानी सेवा प्रदायकहरु खल्ती र इसेवालाई राष्ट्र बैंकले सम्मानीत गरेको हो ।

सम्मानित सबै संस्थाका प्रतिनिधिलाई केन्द्रिय बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्मान सहित प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

अधिक तरलता र घट्दो ब्याजदरले आर्थिक गतिविधि बढाउने आधार तयार भएको छ: गभर्नर अधिकारी

रेमिट्यान्स आप्रवाहदाई व्यवस्थित र प्रणालीमा ल्याउन अन्य सेवा प्रदायकलाई पनि प्रोत्साहित गर्ने तथा विद्युतीय कारोबारलाई थप प्रभावकारी बनाउन सबै सेवाप्रदायकलाई प्रोत्साहित गर्ने उद्धेश्यका साथ क्ष्विधागत आधारमा उल्लेखित संस्थाहरुलाई सम्मान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।