शुभम पावरले सञ्चालन गरेको तल्लो पिलुवा खोला आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु भएको छ ।बाढीले बन्द भएको आयोजनाले एक वर्षपछि विद्युत उत्पादन थालेको हो ।
शुभम् पावर लिमिटेडले निर्माण गरी सञ्चालनमा रहेको तल्लो पिलुवा खोला साना जलविद्युत आयोजनामा २०८० साल असार २ गते आएको बाढीले व्यापक क्षति पुयाएको थियो ।
बाढीले क्षति पुर्याएपछि बन्द आयोजनाबाट जेठ २२ गतेदेखि विद्युत उत्पादन सुरु भएको संयोजकशम्भु निरौलाले जानकारी दिए । असार २ देखि विद्युत उत्पादन बन्द भएकोमा आयोजनाको पुनः निर्माण कार्य एवम् पावरहाउस तथा स्वीचयार्डमा जडान भएका विद्युतीय उपकरणहरुको आवश्यक परीक्षण र मर्मत कार्य समेत सम्पन्नपश्चात विद्युत उत्पादन सुरु गरेको हो । गत वर्षको बाढीले सञ्चालनमा रहेका १३ तथा निर्माणाधीन १७ योजनामा व्यापक क्षति पुर्याएको थियो ।
कम्पनीले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका–९ स्थित पिलुवा खोला साना जलविद्युत् आयोजनाबाट ९९० किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ । यो आयोजना निर्माण सम्पन्न भई २०६८ साल साउन १ गतेबाट व्यापारिक उत्पादन हुँदै आएको छ । यस आयोजनाको कुल लागत १४ करोड ३९ लाख ९० हजार रूपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १४ करोड ५४ लाख ४५ हजार रूपैयाँ रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया