नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) को निमित्त प्रमुख कार्यकारी अधिकृतमा दामोदर भण्डारी चयन भएका छन् ।
कम्पनीको सञ्चालक समितिको पुस १२ गते सम्पन्न ४९९ को निर्णयानुसार कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीलाई निमित्त प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझीको पुस ११ गते सेवा अवधि समाप्त भएपछि भण्डारीले निमित्तको कार्यभार पाएका हुन् ।
कम्पनी सचिव इश्वर प्रधानका अनुसार कर्मचारी सेवा शर्त विनियमावली, २०७६ (दोस्रो संशोधन समेत) को विनियम १२१ बमोजिम प्रमुख कार्यकारी अधिकृतको नियुक्ति नहुँदासम्मका लागि कम्पनीको एघारौं तहमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीलाई मिति २०८० पुस ११ देखि लागू हुने गरी निमित्त प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गर्न जिम्मेवारी दिने निर्णय गरिएको हो ।











प्रतिक्रिया