श्री एयरलाइन्सको चार महिनाको आम्दानी १ अर्ब बढी, नयाँ विमान किन्ने योजनामा

0
Shares

निजी क्षेत्रबाट सञ्चालित एयरलाइन्स कम्पनी श्री एयरलाइन्सले चालु आर्थिक वर्षको चार महिनामा १ अर्ब १४ करोड आम्दानी गरेको छ । गत आवमा कम्पनीले ३ खर्ब ६१ करोड रुपैयाँ बराबरको आम्दानी गरेको थियो ।

सञ्चालनमा आएका कुल १८ रुटमध्ये श्री एयरलाइन्सले विशेष दुई रुटबाट मात्रै कुल आम्दानीको ६५ प्रतिशत आम्दानी गरेको छ । चालु आवको चार महिनाको आम्दानीसँग गत वर्षको साही अवधिसँग तुलना गर्दा कम्पनीको आम्दानी ५ प्रतिशतले घटेको छ ।

पछिल्लो समयमा श्री एयरलाइन्सका जहाजहरुमा देखिएको प्राविधिक समस्याका कारण कैयौं पटक नागरिक उड्ययन प्राधिकरणले श्री एयरलाइन्सको उडान रोकेको छ । जसकारण कम्पनीको आम्दानीमा असर पुगेको सहज आकलन गर्न सकिन्छ । यस्तै अन्य एयरलाइन्स कम्पनीहरुले नयाँ जहाज थपी गन्तव्य बढाउँदा प्रतिस्पर्धा बढेको छ भने त्यसको असर आम्दानीमा परेको छ ।

सन् १९९९ मा एयर अनन्याको नामबाट हवाई सेवा सुरु गरेको कम्पनीले पछि नाम परिवर्तन गरी श्री एयरलाइन्स राखेको हो । सन् २०२३ को जुलाई महिनामा कम्पनी प्राइबेट लिमिटेडबाट पब्लिक लिमिटेडमा परिणत भएको थियो । हाल श्री एयरलाइन्सका चार जेट, चार टर्बो र्पप्स, आठ बम्बार्डियर एयरक्राफ्ट छन् भने रोटर सेग्मेन्ट अन्तर्गत एमआइ–८ मोडलका ६ वटा हेलिकप्टर र दुईवटा एयरबस रहेका छन् ।

श्री एयरलाइन्सले ३ अर्ब ८५ करोड ५६ लाख बराबरको कर्जाका लागि साख मूल्याकंन गराएको छ । नयाँ विमान थप्ने र आन्तरिक रुटका साथै अन्तराष्ट्रिय रुट विस्तार गर्ने तयारीमा रहेको श्री एयरलाइन्स नयाँ जहाज खरिदकै लागि कर्जा लिएको प्रारम्भिक आकलन रहेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले २ अर्ब ५५ करोड १७ लाख बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी र १ अर्ब ३० करोड ३० लाख बराबरको कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ पुस २०८०, सोमबार  १७ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।