मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ५.१४ प्रतिशत घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ६ करोड ४३ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
गत आवको सोही अवधिमा कम्पनीको खुद नाफा ६ करोड ७७ लाख ९५ हजार रुपैयाँ थियो । खराब कर्जा वापतको व्यवस्थापन रकममा वृद्धि भएपछि लघुवित्तको खुद नाफा घटेको हो । पुस मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ९७ लाख २० हजार रुपैयाँ रहेको छ भने प्रतिसेयर वितरणयोग्य प्रतिसेयर आम्दानी १० रुपैयाँ ५६ पैसा छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ११ अर्ब ५२ करोड ७० लाख रुपैयाँ निक्षेप तथा सापटीबाट १३ अर्ब ७८ करोड ७२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले ३९ करोड ६३ लाख १२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.१७ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३९ करोड १७ लाख ४८ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो ।
खुद ब्याज आम्दानी सामान्य बढेपनि खराब कर्जा बढेर इम्पेरमेन्ट चार्ज बढेपनि लघुवित्तको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको इम्पेरमेन्ट चार्ज ५ करोड २ लाख ८६ हजार रुपैयाँ छ । गत आवको यसै अवधिमा ४ करोड ५४ लाख २८ हजार रुपैयाँ थियो । लघुवित्तको खराब कर्जा समीक्षा अवधिमा ४.९६ बाट बढेर ७.८७ प्रतिशत पुगेको छ ।
चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ रहेको मेरो माइक्रोफाइनान्सको पुससम्म लघुवित्तको प्रति सेयर आम्दानी १ रुपैयाँ ५० पैसा घटेर ९ रुपैयाँ ७४ पैसा कायम भएको छ । लघुवित्तको प्रति सेयर नेटवर्थ १४९ रुपैयाँ २२ पैसा र मूल्य आम्दानी अनुपात ६१.१५ गुणा छ । लघुवित्तको रिर्टेन अर्निङ्गमा १२ करोड ५१ लाख तथा जगेडा कोषमा ५२ करोड ४५ लाख गरी कुल ६४ करोड ९६ लाख ८७ हजार रुपैयाँ बराबरको सञ्चित कोष छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया