देशको अर्थतन्त्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच थप सहकार्य आवश्यक : श्रममन्त्री


श्रममन्त्री डोल प्रसाद अर्यालले देशको अर्थतन्त्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच थप सहकार्य आवश्यक रहेको बताएका छन् ।

नवनियुक्त मन्त्री अर्याललाई शुकामना तथा बधाई दिन मंगलबार मन्त्रालयमा पुगेका नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषदका सभापती ज्योत्सना श्रेष्ठ सहितको टोलीसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

भेटको क्रममा ज्योत्सना श्रेष्ठले छिलफुट घटनाहरु बहेक श्रम सम्बन्धमा खासै समस्याहरु नभएको बताइन् । श्रम संबन्धलाई भरपर्दो, बलियो र उत्पादकत्व बृद्धि गर्न तर्फ जोड दिन पर्ने भन्ने महासंघको घारणा रहे अनुसार केहि महिना अगाडी महासंघ र जेटीयूसीसी का बिच समझदारी भएको र त्यसलाई प्रभावकारी बनाउने क्रममा चाँडैनै रणनीतिक योजना बनाएर अगाडी बढ्ने कुरा भएको बताइन् ।

साथै, देशबाट सिपयुक्त श्रम शक्ति बाहीर गै रहदा भोली देशले भोग्न पर्ने श्रम चुनौतीलाई अहिल्यै मनन गरेर श्रमीकहरुका लागि तालिम कार्यक्रमहरु संचालन र तिनीहरुलाई उत्पादनमूलक क्षेत्रमा लगाईराख्न पर्ने कुरामा ध्यानाकर्षण गराएकी थिइन् ।

जवाफमा श्रममन्त्री अर्यालले महासंघले उठाएका बिषय गम्भीर रहेको र त्यस मध्ये प्रदेशमा रहेका उच्च अदालतहरुलाई ऐनको दफा १५८ अनुसार क्षेत्राधिार तोकी श्रम अदालतको काम गर्न दिने भने बिषयमा बागमतीलाई काठमाण्डौले हेर्ने र बाँकी सबै ६ प्रदेश स्थित उच्च अदालतहरुलाई अधिरकार दिने गरी मन्त्रालयबाट काम भैसकको बताए ।

त्यसैगरी श्रमिकलाई तालीम दिने सम्बन्धमा मन्त्रालयले तालिम दशक मनाउदै गरेकाले त्यसका लागि निजी क्षेत्र महासंघसंग सहकार्य गरेर अगाडी बढ्ने कुरामा मन्त्रालयमा छलफल भइरहेको बताएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।