५० वटा युक्रेनी ड्रोन नष्ट गरेको रुसी रक्षा मन्त्रालयको दाबी


रुसी सेनाले रुसी क्षेत्र र युक्रेनका क्षेत्रहरूमा गरी ५० युक्रेनी ड्रोनहरू नष्ट गरेको मस्कोको रक्षा मन्त्रालयले शुक्रबार जनाएको छ ।

मन्त्रालयले रुसको क्रास्नोडार र रोस्तोभ र युक्रेनको जापोरिझिया माथि ड्रोनहरू नष्ट गरिएको बताएको छ, जसलाई रुसले कब्जा गरेको दाबी गरेको छ ।

वायु रक्षा प्रणालीले क्रास्नोडारमा १४ वटा, जापोरिजिया क्षेत्रमा २६ वटा र रोस्तोभ क्षेत्रमा १० वटा युएभी नष्ट गरेको टेलिग्राममा सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । रुसले जापोरिझिया क्षेत्रलाई कब्जा गरेको दाबी गरे पनि यस क्षेत्रलाई पूर्णरूपमा नियन्त्रण भने गरेको छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।