ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उज्जवल ढुङ्गानाले सर्वसाधारणको टोल छिमेकमा पुगेर कम्पनीले मोवाईल भ्यान मार्फत सेवा दिने बताएका छन् ।
प्रथम साधारण सभा तथा घुम्ति बीमा सेवाका लागि संयुक्त रुपमा मोवाईल भ्यानको उद्घाटन कार्यक्रममा शनिबार बोल्दै उनले मोवाईल भ्यान मार्फत सर्वसाधारणलाई उनीहरुकै टोल छिमेकमा पुगेर तत्कालै बीमालेख उपलब्ध गराउने बताएक । साथै कम्पनीले बीमा दाबी प्रकृयाको बारेमा सचेतना सहितको सेवा कम्पनीले दिने सीईओ ढुंगानाले बताए ।
कम्पनीको सीईओ ढुङ्गाना, अध्यक्ष जगत बहादुर पोखरेल र नेपाल बीमा प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख पुर्ण वहादुर थापाले शनिबार संयुक्त रुपमा घुम्ति बीमा सेवाका लागि मोवाईल भ्यानको उद्घाटन गरेका हुन् । लुम्बिनी प्रदेशका ग्रामीण भेगका सर्वसाधारणलाई बीमाको पँहूचमा ल्याउने उद्देश्यले कम्पनीले घुम्ती बीमा सेवा सुरु गरेको हो ।
आईपीओ जारी गर्ने प्रस्ताव पारित, अध्यक्षमा पुनः पोखरेल

ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको रजिष्टर्ड कार्यालय बुटवलमा शनिबार सम्पन्न भएको प्रथम साधारण सभाले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (र्आइपीओ) जारी गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
कम्पनीका अध्यक्ष जगत पोखरेलको अध्यक्षता सम्पन्न सभाले आर्थिक वर्ष २०७९/८० को आर्थिक प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ लेखापरीक्षकको नियुक्ति पारिश्रमिक निर्धारण सहित आगामी चार वर्षका लागि नयाँ बोर्ड नेतृत्वको छनोट गरेको छ ।
प्रथम वार्षिक साधारण सभाबाट जगत बहादुर पोखरेल पुनः अध्यक्षमा निर्वाचित भएका छन् । बोर्ड सदस्यहरुमा दिपक बोहरा, रचित कुमार अग्रवाल, पूजा सिंगल र नमराज न्यौपाने निर्वाचित भएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया