वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको ११ महीना अवधिमा करिब साढे ५६ अर्ब रुपैयाँ कुल नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको जेठसम्ममा २० वाणिज्य बैंकले ५६ अर्ब ४५ करोड ५ लाख ४० हजार रुपैयाँ कुल नाफा आर्जन गरेका हुन् ।
चालू आवको जेठ मसान्तसम्म नबिल बैंक नाफा आर्जन गर्नेमा सबैभन्दा अगाडि छ । नबिल बैंकले ११ महीनामा ६ अर्ब ३३ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । दोस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंकले ५ अर्ब ९ करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ ।
यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ३८ करोड १३ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले ३ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ र एभरेष्ट बैंकले ३ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
जेठसम्म सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक नाफाका आधारमा छैटौं स्थानमा रहेको छ । आरबिबिले यस अवधिमा ३ अर्ब ६ करोड ८३ लाख, प्रभु बैंकले ३ अर्ब ३ करोड ४२ लाख, कृषि विकास बैंकले ३ अर्ब २ करोड ४८ लाख र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब १ करोड ९० लाख रुपैयाँ नाफा कमाएको छ । यस आधारमा ९ ओटा वाणिज्य बैंकले ३ अर्बभन्दा बढी नाफाआर्जन गरेका छन् ।
यसैगरी दुई अर्ब रुपैयाँभन्दा धेरै तीन अर्बभन्दा कम नाफा कमाउने बाणिज्य बैंकको सङ्ख्या पाँच रहेको छ । यस अवधिमा एनएमबि बैंकले जेठ मसान्तसम्म २ अर्ब ७७ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा हिमालयन बैंकले २ अर्ब ७६ करोड ६० लाख। लक्ष्मी सनराइज बैंकले २ अर्ब ३७ करोड ४३ लाख, सिद्धार्थ बैंकले २ अर्ब २७ करोड २ लाख र एनआईसी एशिया बैंकले २ अर्ब २३ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
साउनदेखि जेठ मसान्तसम्ममा ६ ओटा वाणिज्य बैंकको नाफा दुई अर्बभन्दा कम नाफा रहेको छ । सिटिजन बैंकले चालु आर्थिक वर्षको जेठसम्म १ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन सानिमा बैंकले पच्छाउँदै १ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै कुमारी बैंकको नाफा १ अर्ब ६७ करोड ४५ लाख रुपैयाँ, नेपाल एसाबआई बैंकले १ अर्ब ६६ करोड ५१ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब २८ करोड ४२ लाख रुपैयाँ र नेपाल बैंकले सबैभन्दा कम १ अर्ब ७ करोड ६३ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ ।
| Commercial Bank Profit 2080 Sharawan to 2081 Jestha | |
| Bank Name | Amount in Million |
| Nabil Bank | 6,338.44 |
| Global Ime Bank | 5,090.35 |
| Nepal Investment Mega | 4,381.33 |
| Prime Commercial | 3,555.14 |
| Everest Bank | 3,313.14 |
| Rastriya Banajya | 3,068.34 |
| Prabhu Bank | 3,034.24 |
| Agriculture Devlopment | 3,024.88 |
| Standard Chartrd | 3,019.00 |
| NMB Bank | 2,776.37 |
| Himalayan | 2,766.04 |
| Laxmi Sunrise | 2,374.29 |
| Siddhartha | 2,270.18 |
| Nic Asia | 2,235.38 |
| Citizen Bank | 1,756.73 |
| Sanima Bank | 1,746.44 |
| Kumari Bank | 1,674.52 |
| Nepal SBI | 1,665.18 |
| Machhapuchchhre | 1,284.18 |
| Nepal Bank | 1,076.37 |
| Total | 56,450.53 |
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया