उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीको हात खाली भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको हो ।
लघुवित्तको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।







