बिटक्वाइनको मूल्य १ लाख डलर नाघ्यो


काठमाडौं । क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य अघिल्लो दिनको तुलनामा यो ४.६७ प्रतिशतले बढेको छ । आज बढेसँगै बिटक्वाइनको मूल्य १ लाख अमेरिकी डलर नाघेको छ ।

बिहीबार (बिहान ९ बजे बिटक्वाइनको मूल्य १ लाख ३ हजार अमेरिकी डलर पुगेको छ। ट्रम्पले सेक्युरिटिज एण्ड एक्स्चेन्ज आयोगको अध्यक्षको जिम्मा पल एटकिन्सलाई दिने घोषणा गरेसँगै बिटक्वाइनको मूल्य बढेको बताइएको छ ।

प्रकाशित मिति: २० मंसिर २०८१, बिहिबार  १० : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।