बिहीबार सुन-चाँदीको भाउ कति ?


बिहीबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार २१०० रुपैयाँले बढेको सुन बुधबार २ हजार रुपैयाँले बढेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, बुधबार प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही भाउमा कारोबार भइरहेको छ ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ७१२.६५ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३२.०६ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २७ मंसिर २०८१, बिहिबार  १० : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।