काठमाडौँ । यूनिक हाईडेल कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न कम्पनीले आगामी माघ ९ गते काठमाण्डौको डिल्लीबजारमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सभा आह्वान गरेको हो ।
सभाले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने र सो सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।
यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिनेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत गरिने कम्पनीको आव २०८०\८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित लेखापरीक्षण भएको गत आवको नगद प्रवाह विवरण र २०८१ असार मसान्तको वासलात पारित गर्ने तथा आव २०८१\८२ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।










प्रतिक्रिया