कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गर्नुपर्ने कारण माग


काठमाडौं । सेयर लगानीकर्ताहरुले कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गर्नुको कारण मागेका छन् । लगानीकर्ताले धितोपत्र बोर्डका नाममा पत्र लेख्दै राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णालीको सेयर रोक्का गर्नुको कारण मागेका हुन् ।

“कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको धितोपत्र कारोबार स्थगत गर्नको लागि कुन कानूनको आधारमा नेप्सेलाई पत्राचार गरिएको हो ? नेपाल धितोपत्र बोर्डलाई कुन कानूनले दिएको अधिकार प्रयोग गरिएको हो ?’, लगानीकर्ताले बोर्डमा पठाएको पत्रमा उल्लेख छ । ४ जना लगानीकर्ताले नेपाल धितोपत्र बोर्डसमक्ष यस्तो माग गरेका हुन् ।

आवेदन दिनेमा दिपेन भण्डारी, सन्तोष भण्डारी, यादव थापा र लक्ष्मण महतरा रहेका छन् । संविधानको धारा २७ ले सूचनाको हकलाई मौलिक अधिकारमा समावेश गरेको उल्लेख गर्दै धारा २७ बमोजिम प्रत्येक नागरिकलाई सार्वजनिक सरोकारको कुनै विषयको सूचना माग्ने र पाउने हक रहेको निवेदनमा जनाइ्रएको छ ।

कर्णाली डेमलपमेन्ट बैंकलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि नेप्सेले बैंकको दोस्रो बजार सेयर कारोबार रोक्का गरेको थियो ।

प्रकाशित मिति: १७ पुस २०८१, बुधबार  ०८ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।