६ अर्ब लागतमा गुण ग्रुपको द म्यासिफ सञ्चालनमा, रोयल टुलिपसँग व्यवस्थापनको सम्झौता


काठमाडौँ । गुण ग्रुपको ६ अर्ब लगानीमा बनेको म्यासिफ होटल सञ्चालनमा आएको छ । ग्रुपले  अवको ६ महिनाभित्र पुर्ण सञ्चालनमा ल्याउन गरी व्यवस्थापनको जिम्मा रोयल टुलिपलाई दिने भएको हो ।

गुण ग्रुपको समूहले बुधबार ललितपुरको ग्वार्कोमा निर्माण सम्पन्न गरी रोयल टुलिपसँग औपचारिक सम्झौता गरेको छ । सम्झौतमा अध्यक्ष राजेन्द्र शाक्य र लुभ्र होटलका निर्देशक एवम भारतको होटल सरोवरका अध्यक्ष अजय कुमार बकायाले हस्तारक्षर गरेका थिए ।

रोयल टुलिपका लागि नेपालमा होटल व्यवस्थापन गर्ने अवसर यो देस्रो हो । यसअघि चितवनको सौराहामा केटीएम ग्रुपले निर्माण गरेको होटलको व्यवस्थापनको जिम्ममा पनि टुलिपले नै लिने निसश्चित भैसकेको छ । गुण समूहका अध्यक्ष शाक्यले पहिलो चरणमा कन्फ्रेन्स हल, सेमिनार हल सञ्चालनमा ल्याउने र  ३ महिनापछि कोठा सञ्चालन गर्ने योजना रहेको जनकारी दिए ।

प्राइम कमर्सियल बैंकले सुरुमा लगानी गरेको स्मरण गर्दै शाक्यले भने, ’नारायणदास मानन्धर सर प्राइम बैंकको सिइओबाट अवकाश पाउनुअघि मलाई ५० करोड रुपैयाँ ऋण दिन तयार हुनुभएको थियो,’ उनले भने, ’त्यो अवस्थामा हाम्रा लागि दिनुभएको उहाँको सहयोग कहिल्यै बिर्सिदैनौँ ।

टुलिप काठमाडौंमा गुण समूहसँगको सहकार्यमा प्रवेश गरेको हो। गुण ग्रुपले ललितपुरको ग्वार्कोमा निर्माण भएको उक्त होलटको व्यवस्थापन टुलिपलाइ दिने सम्झौता समेत भैसकेको सक्याले बताए । “‘आजबाट म्यासिफ होटल रोयल टुलिपमा रुपान्तरण भएको घोषणा भयो,’ बुधबार भएको सम्झौता कार्यक्रममा बोल्दै गुण समुहका अध्यक्ष शाक्यले भने, ‘फ्रान्सको दोस्रो ठूलो अन्तर्राष्ट्रिय चेन भएका कारण रोयल टुलिपसगको व्यवस्थापन सम्झौता नेपालका लागि माइलस्टोन हुनेछ। ’

टुलिपका निर्देशक वकायाले उच्चस्तरीय सेवा दिनका लागि जनशक्ति तालिममा केन्द्रित रहेको बताए । ‘यो होटल आतिथ्यता र विशेष गरि कन्फ्रेन्स, वैवाहिक समारोहका लागि उपयुक्त हुनेछ’ निर्देशक वकायाले भने ‘हामी उच्च्स्तरिय सेवा दिनका लागि जनशक्ती तालिममा विशेष केन्द्रित रहनेछौ।’
निर्देशक वकायाले लुभ्र अन्तर्गत रोयल टुलिप ब्रान्डले व्इवस्थापन हेर्ने म्यासिफ २३ औ होटल रहेको बताए।

सो अवसरमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले रोयल टुलिपसँगको सम्झौता आफ्नो कार्यकालकै महत्वपूर्ण रहेको बताए । महर्जनले एकदमै मेहेनती र गल्ती नगरी काम गर्ने परिवार गुण ग्रुपले रोयल टुलिपलाई भित्र्याएर पर्यटन क्षेत्रमा अर्को पाइला थपेको बताए।

ग्रुपका प्रवन्ध निर्देशक दिप्रश शाक्यले यो सम्झौताले मुलुकमा आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकलाई विशेष किसिमको आतिथ्यता प्रदान गर्ने बताए।
’हामीले गन्तव्य मात्र नभइ पाहुनाको अनुभूतिलाई विशेष प्राथमिकतामा राखेका छौं,’ उनले भने, ’हामीले टुलिपलाई ब्राण्डको रूपमा मात्र नभइ विश्वव्यापी रूपमा मुलुकको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ल्याएका हौं।’

हाउजिङ, सपिङ मल, एयरलाइन्स, मिडिया उद्योग क्षेत्रमा लगानी विस्तार गरिरहेको यो समूहको होटल पहिलो हो। ६ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण भइरहेको होटलमा ३०२ कोठा रहेका छन्। होटलमा प्रेसिडेण्टल, सुइट, डिलक्स र स्ट्यान्डर्ड लेभलका कोठा रहनेछन्। हरेक कोठामा नेपालीपनसँगै लक्जरी हुनेछ।
काठमाडौं उपत्यकाको चक्रपथ छेउमा अवस्थित होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भने नजिक छ। होटल पाटन दरबार स्क्वायरबाट दुई किलोमिटर दूरीमा छ। होटलमा स्विमिङ पुल, हेल्थ क्लबसहित बैंक्युट हल हुनेछ। १६ रोपनी क्षेत्रफलमा रहेको होटलमा ३०२ वटा कोठा रहेको इन्जिनियर किरण जोशीले जानकारी दिए ।
होटलमा तीन हजार व्यक्ति क्षमताका ६ वटा हल र ३ वटा बैंक्वेट हल छन् । त्यसैगरी ६०० वटा चारपांग्रे सवारीसाधन पार्किङ क्षमता छ रहेको उक्त होटलमा १२ वटा एलिभेटर्स, वाटर ट्रिटमेन्ट प्लान्ट, आफ्नै बोटलिङ प्लान्ट रहेका छन्।

प्रकाशित मिति: १८ पुस २०८१, बिहिबार  १० : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।