स्वास्थ्य बीमा रकम पाँच लाख पुर्याइने


भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक लाख रुपैयाँको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्याइने बताएका छन् ।

आइतबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने,“स्वास्थ्य बीमामा पाँच लाख रुपैयाँको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ ।” उनले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

बीमा रकम पाँच लाख रुपैयाँ पुर्याउने र यसलाई व्यवस्थित गर्ने लक्ष्य लिएर आफू अगाडि बढिरहेको उनको कथन थियो ।

प्रकाशित मिति: १४ माघ २०८१, सोमबार  ०७ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।