गरिमा र महालक्ष्मी विकास बैंक ई-कमर्स कार्ड कारोवारको लागि एनसीएचएलमा आबद्ध


काठमाडौँ। गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकले कार्ड मार्फत हुने ई-कर्मस कारोवारको लागि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को ईएफटी सर्भिसेजमा आवद्ध भई थ्रीडी सेक्यूर एसीएस सेवा सुरु गरेका छन् ।

उक्त सेवाको शुरुवात पश्चात् गरिमा विकास बैंक तथा महालक्ष्मी बिकास बैंकका कार्ड होल्डरहरूले सुरक्षित तरिकाले अनलाइन ई-कमर्स कारोबार गर्न सक्नेछन् ।

उक्त सेवा प्रयोग गर्नका लागि बैंकका कार्डहोल्डरहरूले आफ्नो कार्डमा एकपटक उक्त सुविधा सूचारु गर्नुपर्ने हुन्छ । ई-कमर्स कारोबार गर्दा थप सुरक्षित तरिकाले भेरिफिकेशन गर्न तथा ग्राहकले अथेन्टिकेट गन थ्रीडी सेक्यूर एसीएस सोलुसन अत्यन्तै सुरक्षित माध्यम मानिनेछ । बैंक र एनसीएचएलकोे यस पहलले बढ्दो ई९कमर्स कारोबारलाई अझ सुरक्षित बनाउनुका साथै ग्राहकहरूलाई अनलाइन कारोवार गर्न थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

एनसीएचएलले ईएफटी सेवाअन्तर्गत एसीएसका साथै विभिन्न नेटवर्क स्किम को कार्ड जारी गर्ने, कारोबार प्राप्ति गर्ने, कारोबार प्रोसेसि तथा सेटलमेन्ट, ई-कर्मस पेमेन्ट गेटवे कार्ड पर्सनलाइजेसन जस्ता कार्ड सम्बन्धी सेवाहरु आफ्नो सदस्य बैंक वित्तीय संस्थाहरुलाई दिदै आएको छ । एनसीएचएलले उक्त प्रणालीमा नेपालपे कार्ड समेतको कारोबार गर्न सकिने गरी आवश्यक प्रणाली विस्तार गरी परिक्षणको चरणमा रहेको छ ।

हाल एनसीएचएलको ईएफटी सर्भिसेजअन्तर्गत गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकका साथै सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, सिद्धार्थ बैंक, ज्योति विकास बैंक, लुम्बिनी विकास बैंक र संग्रिला विकास बैंक लगायतका बैंक वित्तीय संस्थाहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

नेपालको अग्रणी विकास बैंकहरूमध्य गरिमा विकास बैंकको १ लाख ७५ हजारभन्दा बढी कार्डहरू तथा ५० वटा एटीएम तथा महालक्ष्मी विकास बैंकको १ लाख ३५ हजारभन्दा बढी कार्डहरू तथा ४९ वटा एटीएममार्फत देशभरीका ग्राहकहरूलाई सेवा दिँदै आएका छन् ।

प्रकाशित मिति: २२ माघ २०८१, मंगलबार  ११ : २३ बजे