नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११.४९ अङ्कले घटेर २६८८.३१ को बिन्दुमा कायम भएको हो ।
आइतबार तीन सय पाँच कम्पनीको एक करोड ५८ लाख ५५ हजार छ सय १० कित्ता सेयर ८४ हजार दुई सय ८० पटक खरिदबिक्री हुँदा ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार छ सय २८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबारको कारोबारमा वित्त समूह ०.८०, उत्पादन तथा प्रशोधन ०.१५, लघुवित्त ०.२५ र व्यापार समूह १.३९ प्रतिशतले बढेको छभने अरु सबै समूहगत सूचक घटेका छन । सबैभन्दा धेरै विकास बैंक समूह १.३५ र अन्य समूह १.३० प्रतिशतले घटेको छ । बैंकिङ ०.३५, होटल तथा पर्यटन ०.२४, जलविद्युत् ०.५०, लगानी ०.३९, जीवन बिमा ०.७६, म्युचुुअल फन्ड ०.३४ र निर्जीवन बिमा ०.५७ प्रतिशतले घटेको छ ।
सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य ६.५२ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आइतबार सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ३१ करोड १६ लाख ८३ लाख तीन सय ९५ बराबरको सेयर खरिदबिक्री भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको चार लाख ७६ हजार सात सय ७७ कित्ता सेयर किनबेच भएको छ ।












प्रतिक्रिया