काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडको आम्दानीमा गिरावट आएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३ अर्ब १० करोड १६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.८८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ३ अर्ब ५१ करोड रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा ६१.७७ प्रतिशत घटेर ५ करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ। भने कुल नाफा २०.६३ प्रतिशतले घटेर ४० करोड रुपैयाँमा सिमित भएको छ । कम्पनीको अन्य आम्दानी २७.९७ प्रतिशतले घटेर १२ करोड २६ लाख रुपैयाँमा सिमित भएको छ। त्यस्तै, कम्पनीको कुल खर्च समीक्षा अवधिमा १२.३८ प्रतिशतले घटेर ४४ करोड ६४ लाख रुपैयाँमा सिमित भएको छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपौयँ ८३ पैसा घटेर २ रुपैयाँ ८ पैसामा झरेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ३१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५५.७६ गुणा रहेको छ। चुक्ता पूँजी ५ अर्ब ४५ करोड रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब १० करोड रुपैयाँ सञ्चित छ।










प्रतिक्रिया