हाथवे इन्भेष्टमेन्टको नाफा धनात्मक, आम्दानी ६६.५० प्रतिशतले बढ्यो


काठमाडौँ । हाथवे इन्भेष्टेमन्ट नेपाल लिमिटेडको नाफा धनात्मक भएको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ५९ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको खुद नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ४९ लाख रुपैयाँ धनात्मक भएको छ ।

कम्पनीको आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । कम्पनीको आम्दानी ६६.५० प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ५ करोड ५८ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ३ करोड ३५ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा ६५.५४ प्रतिशतले वृद्धि भई ५ करोड ६१ लाख रुपैयाँ पुगेको छ भने खुद खर्च ७.९३ प्रतिशतले घटेर सिमित भएको छ।

पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ५ पैसा रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ७३ रुपैयाँ १५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १ हजार २७१.२२ गुणा रहेको छ।

प्रकाशित मिति: २८ माघ २०८१, सोमबार  १० : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।