आईएमई लाईफ इन्स्योरेन्सको लाभांश घोषणा


काठमाडौँ । आईएमई लाईफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २१।०५ प्रतिशत अर्थात एक अर्ब ५ करोड २६ लाख ३२ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।इन्स्योरेन्सको माघ २९ गते साँझ बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात सो लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति: ३० माघ २०८१, बुधबार  १० : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।