नेपाल राष्ट्र बैंकले बुधबार ६० अर्ब रुपैयाँ खिच्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि केन्द्रीय बैंकले ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको हाे ।
यस वित्तीय औजारमा लगानी गर्ने संस्थाले २१ दिनपछि सावाँ तथा ब्याज भुक्तानी पाउनेछन् । ब्याजदर भने बोलकबोल माध्यमबाट निर्धारण हुनेछ ।
अन्तर बैंकदरलाई ब्याजदर करिडोरको तल्लोले सीमामा ल्याउन पनि केन्द्रीय बैंकले लगातार तरलता खिचिरहेको छ। तर पनि अन्तरबैंक ब्याजदरलाई सीमामा ल्याउन सकेको छैन।
निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” बर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । बोलकबोल घटिमा १० करोडदेखि ५ करोडले भाष् जानेगरी आह्वान गरिएको रकमसम्म गर्न सक्नेछन् । निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलकबोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा क्रमशः बाँडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ । खुला बजार कारोबार संचालन समितिले कट अफ रेट निर्धारण गर्न सक्नेछ ।
प्रतिक्रिया