काठमाडौं । रायन इनर्जी प्रालिले साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । आइपिओ निष्कासनका लागि यस कम्पनीले मंगलबार ग्लोबल आइएमई क्यापिटल लिमिटेडसँग सम्झौता गरेको हो ।
संस्थागत परामर्श तथा व्यावसायिक अवधारणा र प्राथमिक शेयर निष्कासन सम्बन्धी सेवाको लागि रायन इनर्जी र ग्लोबल आइएमई क्यापिटलबीच द्विपक्षीय सम्झौता भएको हो । रायन इनर्जीका प्रबन्ध सञ्चालक दीपक कुमार रौनियार र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
रायन इनर्जीका प्रबन्ध निर्देशक रौनियारका अनुसार रायन इनर्जीले प्राथमिक शेयर निष्कासन गर्न लागेको हो । वि.सं.२०७७ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रालिको रुपमा दर्ता भएको रायन इनर्जीको रजिष्टर्ड (केन्द्रीय) कार्यालय दरबारमार्ग, काठमाण्डौंमा रहेको छ । यस कम्पनीले २०७८ साल पौष ५ गतेदेखि इलेक्ट्रिक साधनहरू (दुई, तीन र चार पाङ्ग्रे) उत्पादन गर्नको निमित्त अनुमति प्राप्त गरी कार्य सञ्चालन गरेको हो । यो संस्था विभिन्न क्षेत्रमा अनुभवी तथा नवीकरणीय ऊर्जा क्षेत्रमा ३० वर्षभन्दा बढी समयदेखि कार्य गर्दै आएका व्यवसायीहरूको समूहद्वारा स्थापित व्यावसायिक संस्था हो । रायन इनर्जीको केन्द्रीय कार्यालय बाग्मती नगरपालिका वडा नं। १२ सर्लाहीमा रहेको छ ।
यस समूहले एसेम्ब्ली प्लान्ट, नवीकरणीय ऊर्जा प्रणाली एकीकरण र वितरण, ग्रामीण तथा शहरी विद्युतीकरणको साथै सौर्य सिंचाई, पावर ब्याकअप प्रणाली एकीकरण तथा स्थापना लगायतका विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेको छ । यसले हालको बजार अवस्थाको गहिरो विश्लेषण गर्दै नेपालमा दीगो तथा स्वच्छ यातायात प्रणाली विकासमा अग्रणी स्थान हासिल गर्न सक्ने विश्वास लिइएको छ ।
यस कम्पनीले नवीकरणीय ऊर्जामा आधारित दीगो यातायात प्रवद्र्घन गर्न प्रतिबद्घ रहनुका साथै बजारमैत्री विद्युतीय सवारी साधनहरुको निर्माण तथा डिजाईन, विकास तथा एसेम्बली मार्फत अत्याधुनिक प्रविधि, उच्च कार्यक्षमता, उत्कृष्ट प्रदर्शन तथा वातावरणीय स्थायित्वप्रति प्रतिबद्घता सहित स्वच्छ तथा दिगो यातायात प्राणली विकासमा कटिबद्घ रही कार्य गर्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया