नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सुधार आउने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । मंगलबार साढे ६ अंकले बढेको नेप्से सूचक बुधबार १.८६ अंकले बढेको हो ।
बुधबारको सुधार पछि नेप्से परिसूचक २६८५.७३ को विन्दुमा पुगेको छ । बुधबार तीन सय सात कम्पनीको एक करोड ५५ लाख २० हजार पाँच सय ५९ कित्ता सेयर ८२ हजार आठ सय ५० पटक खरिदबिक्री हुँदा ८ अर्ब ७१ करोड ७८ लाख ४७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबारको कारोबारमा विकास बैंक १.३३, वित्त १.५६, लगानी १.२२ र जीवन बिमा समूह १.४८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ०.०९, होटल तथा पर्यटन ०.६३, जलविद्युत् ०.०४ र उत्पादन तथा प्रशोधन ०.३१ प्रतिशतले घटेको छ । त्यस्तै, लघुवित्त ०.११, म्युचुअल फण्ड ०.०९, निर्जीवन बिमा ०.०३, व्यापार ०.९१ र अन्य समूह ०.४७ प्रतिशतले घटेको छ ।
बुधबार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सुपर मादी हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सबैभन्दा बढी ३९ करोड ६० लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा बढी सनराइज फोकस्ड इक्विटी फण्डको पाँच लाख १४ हजार एक सय कित्ता सेयर किनबेच भएको छ ।












प्रतिक्रिया