पियोर इनर्जीले पायो आइपिओ निष्कासन गर्ने अनुमति


काठमाडौँ । पियोर इनर्जी लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) अनुमति पाएको छ । कम्पनीले आइपिओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएको हो ।

सेबोनबाट अनुमति पाएसँगै कम्पनीले चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सेयर निष्कासन गर्नेछ । आइपीओ अंकित मूल्य १०० रुपैयाँमा ल्याउन लागेको हो।

आइपीओ निष्कासनको अनुमतिका लागि कम्पनीले गत वर्ष माघमा आवेदन दिएको थियो । कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आइपिओ निष्कासन गर्ने जनाएको छ । दोस्रो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्कासन गरिने र त्यसपछि सर्वसाधारणका लागि आइपिओ जारी गरिने कम्पनीले जनाएको छ ।आइपिओ निष्कासन गर्न बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैङ्किङ‌ लिमिटेड रहेको छ ।

प्रकाशित मिति: ४ फाल्गुन २०८१, आइतबार  ०९ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।