उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुुरस्थित बर्न अस्पतालबाट आज डिस्चार्ज भएका छन् । गत शनिबार पोखरामा आयोजित पोखरा भ्रमण वर्षको उद्घाटन समारोहमा बेलुन फुटेर आगलागी हुँदा घाइते हुनुभएका अर्थमन्त्री पौडेल दुई दिनको उपचारपछि आज डिस्चार्ज भएका हुन ।
अस्पतालका निर्देशक डा किरणकिशोर नकर्मीले मन्त्री पौडेलको घाउ निको हुँदै गएको र श्वासप्रश्वास प्रणालीका अङ्गहरू र फोक्सोमा कुनै खराबी नदेखिएकाले डिस्चार्ज गरिएको जानकारी दिए । “छालाका घाउहरू निको हुने क्रममा छन् । पुरा निको हुन एक दुई साता लाग्छ, घाउको नियमित ड्रेसिङ गर्नुपर्ने हुन्छ”, डा नकर्मीले भन्नने ।
सोही घटनामा जलनमा पर्नुभएका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको भने उच्च रक्तचापको समस्या भएकाले हृदयरोग विशेषज्ञसँग परामर्श गरी केही दिन उपचार गरिने उनले बताए । “उहाँको पनि जलन घाउ र त्यससम्बन्धी जटिलता देखिएको छैन”, उनले भने ।










प्रतिक्रिया