डेनमार्कले गैरकानुनी घोषणा गरेका नोट फागुन भित्र साटिसक्नु पर्ने


डेनमार्क नेशनल बैंकले गैरकानुनी घोषणा गरेका विभिन्न सिरिजका डेनिस क्रोनर नोट साट्न सकिने भएको छ । केन्द्रीय बैंकले डेनिस बैंकले गैरकानूनी भनेका नोटहरू फागुन मसान्तभित्र साटिसक्नु पर्ने जनाएको हो । 

डेनमार्क नेशनल बैंकले नयाँ नोट बजारमा ल्याउने भएपछि पुराना नोटलाई गैरकानुनी घोषण गरेको हो । यसरी गैरकानुनी घोषणा भएका नोटलाई सन २०२५ मे ३१ सम्म साटिसक्नु पर्ने व्यवस्था गरेको छ । साथै डेनमार्क नेशनल बैंकले उक्त मितिदेखि एक हजार दरका नोटहरू प्रयोगमा नल्याउने भएको छ । नेशनल बैंकले पुराना नोट प्रचलनबाट हटाउने भएपछि केन्द्रीय बैंकले पनि नेपालीहरूसँग भएको डेनिस क्रोनर आगामी फागुन मसान्तसम्म साटिसक्न आग्रह गरेको छ । 

डेनमार्क नेशनल बैंकले सन १९४४, १९५२, १९७२ र १९९७ मा जारी गरेका नोट उक्त मितिदेखि गैरकानुनी हुने जनाएको छ । त्यसैगरी सन् २००९ मा जारी भएका एक हजार दरका नोट पनि गैरकानुनी हुने जनाएको छ । 

केन्द्रीय बैङ्कका अनुसार पुराना डेनिस क्रोनर हुने व्यक्तिले केन्द्रीय बैंकको बैंकिङ कार्यलय वा प्रादेशिक कार्यालय मार्फत साट्न सक्नेछन् । राष्ट्र बैंकले तोकेको समय पछि पुराना डेनिस क्रोनर सटही हुने छैन । 

 

प्रकाशित मिति: ५ फाल्गुन २०८१, सोमबार  १९ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।