विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौँ । विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथ लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोली बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले फागुन २८ गते, बुधबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाडौँमा बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत अन्तरिम नगद लाभांश घोषणा वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहिबार  ०८ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।