नेप्से परिसूचक ३.१४ अंकले बढ्दा ८ अर्ब ६२ करोडको कारोबार


काठमाडौँ ।  साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको नेप्से परिसूचक ३.१४ अंकले बढेर बजार २७४३ को बिन्दुमा पुगेको छ । आज ८१ कम्पनीको मूल्य बढ्दा १५८ को घटेको छ भने ५ को स्थिर रहेको छ ।

आज बजारमा कारोबार रकम घटेको छ । अघिल्लो दिन १० अर्ब ४३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ६२ करोडको भयो । आज व्यापार समूह ३.७७ प्रतिशतले बढ्दा जीवन बीमामा २.४२ प्रतिशत, निर्जीवन बीमा ०.६४, अन्य ०.५७ प्रतिशत बढेका छन् । आज बैंकिङ ०.५५, विकास बैंक ०.५२, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.३१, हाइड्रोपावर ०.७५, लगानी ०.३७, उत्पादन ०.८१, माइक्रोफाइनान्स ०.३० प्रतिशत घटेका छन् ।

आज गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेको छ भने विन नेपाल लघुवित्तको ९.६९, अपरहेवाखोलाको ९.१४ प्रतिशत बढेको छ । आज बाराही हाइड्रोपावरको ८.३५, भूगोल इनर्जीको ५.७८ तथा दिव्यश्वरी हाइड्रोपावरको ४.१२ प्रतिशत मूल्य घटेका छन् ।

आज कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङ्स, एनआरएन इन्फ्रास्ट्रक्चर र नारायणी डेभलपमेन्ट बैंक क्रमशः अगाडि रहेका छन् ।

प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहिबार  १५ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।