आइतबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार खुलेदेखि क्रमिक रुपमा उकालो लागेको थियो । यो क्रम बजार बन्द हुँदासम्म कायम हुँदा ११.६६ अंकको सुधार सहित बजार बन्द भएको हो ।
वाणिज्य बैंक समुहमा आएको सामान्य सुधारमा बीमा क्षेत्रका अधिकांश कम्पनीको सेयर मूल्य बढ्दा बजार बढेको हो । आइतबार वाणिज्य बैंक समुहमा ०.४९ अंकको मात्र सुधार आएको छ । उत्पादन उपसमुहमा सबैभन्दा धेरै १९४.२७ अंकको सुधार आएको बजारमा जीवन बीमामा ११८.३०, अन्यमा ८३.३४, निर्जीवन बीमामा १७.५६, लगानीमा १.४६, वाणिज्य बैंकमा ०.४९ अंकको सुधार आएको बजारमा सामुहिक लगानी कोष उपसमुह स्थिरप्राय छ ।
व्यापार समुहमा सबैभन्दा धेरै ५८.८० अंकको गिरावट आएको बजारमा लघुवित्तमा ३५.०९, होटलमा ३४.६०, विकास बैंकमा २७.४०, जलविद्युतमा २१.४५ र वित्त उपसमुहमा १३.०२ अंकको गिरावट आएको छ ।
९२ कम्पनीको सेयर मूल्य बढेको बजारमा १४७ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । गार्डियन माइक्रोलाइफ र कुमारी सबल योजनाको सेयर तथा इकाई १० प्रतिशतले बढेको बजारमा छ्याङ्दी हाइड्रोपावर, बोटलर्स नेपाल बालाजु, नेपाल रिइन्स्योरेन्स लगायत कम्पनीको सेयर मूल्य धेरै बढेको छ ।

उपकार लघुवित्त र पिपुल्स हाइड्रोको सेयर मूल्य ६ प्रतिशतले घटेको बजारमा अपर हेवा, इष्टर्न हाइड्रो, रावा इनर्जी लगायत कम्पनीको सेयर मूल्य धेरै घटेको छ ।
आइतबार हिमालय लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै सेयर किनबेच भएको छ । कारोबार रकमका आधारमा ९५ करोड ६४ लाख रुपैंयाको सेयर किनबे भएको कम्पनीको ९ लाख ९० हजार ६७२ कित्ता सेयर ६ हजार ८७२ पटक किनबेच भएका छन् ।
बजार दोहोरो अंकले बढ्दै गर्दा ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार ६१२ रुपैयाँको सेयर किनबेच भएको छ । कुल ३२८ कम्पनीका २ करोड १२ लाख ६ हजार ५ कित्ता सेयर १ लाख ८ हजार ९१३ पटक किनबेच भएको बजारमा पुँजीकरणमा पनि सुधार आएको छ । आइतबार समग्र बजार पुँजीकरण ४५ खर्ब ७४ अर्ब १७ करोड ५४ लाख ६२ हजार ३६८ रुपैयाँ कायम भएको छ ।










प्रतिक्रिया