काठमाडौँ । दोर्दी खोला जलविद्युत कम्पनीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले फागुन १५ गते अर्थात बिहीबार बुकक्लोज गर्दैछ ।
भोली फागुन १४ गते महाशिवरात्रीको सार्वजनिक बिदा परेका कारण आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्।
दोर्दी खोला जलविद्युत कम्पनीले भने हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज गर्न लागेको हो। जस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँबराबरको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।










प्रतिक्रिया