सानिमा रिलायन्स इन्स्योरेन्सको लाभांश घोषणा


काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश र १.२४ बोनस शेयर गरी कूल ९.२४ प्रतिशतका दरले लाभांश वितरण गर्ने घाषणा गरेको हो।

फागुन १२ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त दरमा बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्रधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त बोनस शेयर वितरण हुनेछ।

प्रकाशित मिति: १३ फाल्गुन २०८१, मंगलबार  १० : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।