अमेरिकी अदालतले ट्रम्पलाई भन्यो- विदेशी सहायता २ दिनभित्र सुरू गर्नु


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनलाई अमेरिकाको अदालतले विदेशी सहायता २ दिन भित्र सुरु गर्न आदेश दिएको छ । अदालतले ट्रम्प प्रशासनलाई अनुदान, ऋण र अन्य वित्तीय सहायता रोक्दै संघीय कोषमा व्यापक स्थगन लगाउने आदेश कार्यान्वयन गर्नबाट रोक लगाउने आदेश दिएको हो ।

राष्ट्रपति ट्रम्पले जनवरी २० मा शपथ लिएपछि कार्यकारी आदेश जारी गर्दै इजरायल, इजिप्ट र खाद्य सहायता कार्यक्रम बाहेक सबै विदेशी सहायता रोकेको घोषणा गरेका थिए।

समाचार संस्था रोयटर्सका अनुसार अदालतले ट्रम्प प्रशासनको खर्च रोक्ने निर्णयलाई अस्थायी रूपमा अवरोध गरेपछि केही कोष खोलिए पनि प्रशासनले पुनः वित्तीय सहायता रोक्ने प्रयास गर्ने जोखिम रहेको छ । यसले गरिब राष्ट्रहरूलाई दिइने स्वास्थ्य सहायता समेत रोकिएको थियो ।

प्रकाशित मिति: १४ फाल्गुन २०८१, बुधबार  १२ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।