सुनको भाउ स्थिर, तोलाको कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । साताको पहिलो कारोबार दिन आज आइतबार सुनको भाउ स्थिर रहेको छ । शुक्रबार तोलाको २२ सय रुपैयाँले घटेको सुनको मूल्य आज स्थिर बनेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आइतबार चाँदी एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ८ सय ६४.६४ अमेरिकी डलरमा कारोबार भईरहेको छ भने चाँदी ३१.२४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १८ फाल्गुन २०८१, आइतबार  १० : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।